सरकारको जवाफ माग गर्दै प्रतिपक्षी दलहरु , ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेन

204
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने भएका छन् ।प्रतिनिधिसभा बैठक अगाडि सभामुख देवराज घिमिरेसहित सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा एमाले र राप्रपाका नेताहरुले यस्तो जानकारी गराएका हुन् ।

 

तर यो विषयको वास्तविकता फरक रहेको भन्दै सत्तारुढ दलहरुले प्रतिवाद गरेका छन् । प्राविधिक रुपमा जान्ने भएका कारण करारको सरकारी कर्मचारीले बजेट टाइप गरेको विषय अन्यत्र जोड्न नमिल्ने सत्तारुढ दलहरुको भनाइ छ ।

 

सत्तारुढ प्रतिपक्षी दलहरुको यही विवाद र छलफल लम्बिएका कारण बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक मध्याह्न साढे १२ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन । मंगलबारको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची छ ।

 

Share: