खजुरा खोलामा पक्की पुल निमार्णको शिलान्यास

130
0
Share:

काठमाडौँ/नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका अन्तर्गत वडा नं.५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ ।प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आज उक्त पुलको शिलान्यास गर्नुभएको हो।

 

कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो ।पुलको शिलान्यास गर्नुहुँदै सांसद चौधरीले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

उहाँले पुल निर्माणपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास व्यक्त गर्नुभयो ।७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माणपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का ग्रामीण क्षेत्रमा यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

Share: