
काठमान्डौ/एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको लागि नेपाल र युएईबीच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले पहिले ब्याटिङ गरिरहेकाे युएईले २२.५ ओभरमा ६ विकेट गुमाएकाे छ । युएई कप्तान मोहमद वासिम ११, वृत्य आन्द्रेई ८, अद्रेन लाक्रा १३, रमीज शहजाद १ र राेहन मुस्ताफा पनि २ रनमै आउट भएका छन् ।
त्यस्तै बसिल हामिद २७ बलमा १० रन बनाएर आउट भए। उनलाई नेपालका गुल्सन झाले आउट गरे । त्यसअघि नेपालका साेमपाल कामीले १, करण केसीले २, ललित राजवंशीले १, सन्दीपल लामिछानेले विकेट लिएका थिए ।युएई २२.५ ओभरमा मात्रै ९० रन बनाएर खेलिरहेकाे छ ।