काठमान्डौ/राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस भएका छन् । सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे । उनले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने, राज्यको प्रशासनिक प्रणालीलाई चुस्त बनाउने गरी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी ...