सांसद कोइरीलाई पक्राउ गर्ने प्रहरीको तयारी, संसद सचिवालयमा पठायो पत्र

काठमान्डौ/नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बन गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । संसद सचिवालयका अनुसार दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र सचिवालयमा पुगेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।   उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो … Continue reading सांसद कोइरीलाई पक्राउ गर्ने प्रहरीको तयारी, संसद सचिवालयमा पठायो पत्र