गाँजासहित वडाध्यक्ष पक्राउ

Share:

काठमान्डौ/मकवानपुरको थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् । सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

सोमबार बिहान थाहा नगरपालिका-७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् । इन्द्रबहादुरको घरमा प्रहरीले जाँच गर्दा १७५ किलोग्राम, वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकामा २७ किलो गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता कार्कीले जानकारी दिए ।

 

लागुऔषध गाँजासहित पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: