
काठमान्डौं/पृथ्वी राजमार्ग बन्द भएको छ ।धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो ।पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवातजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।
सोमबार अपराह्न पुल भासिएर खाडल परेसँगै राजमार्ग अवरुद्ध भएको हो ।धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो । पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ ।