२४ घण्टामा थप १९ जनामा कोरोना पुष्टि

106
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा मुलुकभर १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३७५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

 

त्यस्तै, आज ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ । आजसम्म ३२ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एघार जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share: