भोलि नेपाल र यूएईबीचको खेल हेर्न शुल्क नलाग्ने

Share:

काठमान्डौ/एसीसी प्रिमियर कपअन्तर्गत बाँकी रहेको फाइनल खेल हेर्न प्रवेश निःशुल्क गरिएको छ । आज जारी नेपाल र यूएईविरुद्धको खेल वर्षाका कारण स्थगित भएपछि मंगलबारका लागि सारिएको छ । बाँकी खेल हेर्न दर्शकहरुलाई टिकन नचाहिने क्यानले जनाएको छ ।

 

आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुनेछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।

 

भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ । बाँकी फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ ।

Share: