
काठमान्डौ/काठमाडौंको कपनस्थित सरस्वती नगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ। सोमबार मृतक परिवारले शव बुझेर अन्त्येष्टि गरेको हो।
उनको वैशाख ७ गते दिउँसो आफ्नै पसल निरू किचेनभित्र हत्या भएको थियो। यस घटनामा प्रहरीले अनुसन्धान गरी आरोपितलाई आइतबार सार्वजनिक गरेको थियो। आरोपित व्यक्ति सार्वजनिक गरेसँगै मृतक परिवारले शव बुझेका हुन्।
प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको हो। शनिबार राति १० बजे बिर्तामोडबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले आफैंले हत्या गरेको स्वीकारिसकेका छन्। लुटपाटको योजनासहित गएका उनले लुट्नेक्रममा निराले प्रतिवाद गर्दा हत्या गरेको बताएका छन्।