स्टाफ नर्स मृत्यु प्रकरण : डा.ढकाल पक्राउ

Share:

काठमान्डौ/नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा मुछिएका डा.सुजन ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन् । श्रेष्ठका परिवारका सदस्यले डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए ।

 

डा.ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो ।

Share: