
काठमान्डौ/मुस्ताङमा रकम चोरी गरी फरार रहेका एक व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ घर भएका ३२ वर्षीय राजकुमार मोक्तान हुन् । प्रहरीका अनुसार उनले गएको पुस १२ गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित छिरिङ खाजाघरको झ्यालबाट प्रवेश गरी नगद पाँच लाख रुपैयाँ चोरेर फरार भएका थिए ।
खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई यही वैशाख १७ गते पक्राउ गरेको हो । अपराह्न करिब ४ बजे सूर्यविनायक नगरपालिका–५, जगातीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।