रबिको सवारी चालक सम्भुको आजै पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ।रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए।   ‘परिवारका सबै सदस्य आइसक्नुभएको छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ,’उनले बताए ।घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।   सुरूमा … Continue reading रबिको सवारी चालक सम्भुको आजै पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने