फरार अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित

Share:

काठमान्डौ/सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ ।नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

 

४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

 

यो पनि पढ्नुहोस :

सांसद कोइरीलाई पक्राउ गर्ने प्रहरीको तयारी, संसद सचिवालयमा पठायो पत्र

 

यो पनि पढ्नुहोस :

लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित

Share: