लामिछानेका चालक सम्भुको अन्त्येष्टि भोलि १० बजे पशुपति आर्यघाटमा ‍गरिने

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु)को बुधबारमात्र अन्त्येष्टि गरिने भएको छ।रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले सामाजिक संजालमा स्ट्य़ाटस लेख्दै थापाको शवलाई भोलि मात्र अन्तिम सस्कार गर्ने तयार गरिएको बताएका छन् ।उनले सामाजिक संजालमा लेखेका छन् : हाम्रा सहकर्मी सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको दु:खद खबर छ । भोलि १० बजे पशुपति आर्यघाटमा ‍अन्तिम संस्कार गरिने सबैमा जानकारी गराउँदछु ।

 

यस अगी कुरा हुदा बोहोराले आजै पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने बताए पनि केहि बेर अगी पुन उनले यस्तो जानकारी गराएका हुन् ।घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजे तिर थापा घरको छतबाट खसेका थिए।

 

सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।

 

अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।‘अरू कुनै कारण देखिएन,’ उनले बताए । प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।

 

यो समाचार पढ्नु भयो :

रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन

Share: