दार्चुलाको हिमपहिरोमा ५ जना अझै बेपत्ता, खोजीकार्य जारी

Share:

काठमान्डौ/ दार्चुलामा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरुष अझै सम्पर्कमा आएका छैनन् ।

 

बेपत्ता मध्ये दुँहु गाउँपालिकाका २ जना र बुडर डोटीका ३ जना रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताईन् । यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले बताईन् । उनीहरूको खोजीका लागी २५ जना प्रहरीलाई परिचालन गरिएको छ ।

Share: