पानी जमेको खाल्डोमा डुबेर १२ महिने बालकको मृत्यु

Share:

काठमान्डौ/पर्सामा पानी जमेको खाल्डोमा डुबेर १२ महिने बालकको मृत्यु भएको छ । कालिकामाई गाउँपालिका–५ बिरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १२ महिने जितेन्द्र महतो केवट रहेका छन् । मंगलबार दिउँसो खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Share: