
काठमान्डौ/धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुलेको छ ।धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले जानकारी दिए ।
धादिङको धुनिबेँशी नगरपालिका- ६ धार्के र थाक्रे गाउँपालिका- ८ सिमाना जोड्ने पुलनजिकै भ्वांग पर्दा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो भ्वाङ परेको भाग पुर्ने कार्यपश्चात् राजमार्ग सञ्चालन गरिएको हो ।नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरू, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सञ्चालन भएसँगै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।