२४ घण्टामा थपिए ९१ जना कोरोना संक्रमित

136
0
Share:

काठमान्डौ/नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय ३२ जनामा गरिएको नमुना परिक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो । पिसिआर परिक्षणमा २७ र एन्टीजेन परिक्षणमा ६४ जनामा कोरोना देखिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सो समयवधिमा ५९ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभर दुई सय २० जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

 

Share: