सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

Share:

काठमान्डौ/उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको प्रकरणमा संलग्न भएको आरोपमा पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

 

यस्तै मंगलबार पक्राउ परेका पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भने चार दिनको म्याद दिएको हो । उनीहरूसँगै प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ ।

 

यस्तै नेता एवं उच्च पदस्थका व्यक्तिहरू समेत मुछिएका छन् । प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजितका छोरा निरज लगायतविरूद्ध पुर्जी जारी छ ।

 

यो पनि पढ्नुहोस्:

पक्राउ पुर्जी जारी भएका सचिव पाण्डे,आफै गए टेकु प्रहरीमा

 

Share: