बैंकिङ कसूर मूद्दामा फरार अभियुक्त बानेस्वर बाट पक्राउ

Share:

काठमान्डौ/बैंकिङ कसूर मूद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्‍ने राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।उनीविरुद्ध बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ माघ २७ गते २६ लाख जरिवाना र २ वर्ष कैद सुनाएको थियो। तर उनी फरार रहेका थिए ।

 

Share: