
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान भएको हो।यसअघि गत वैशाख १५ मा संसद अधिवेशन अन्त्य भएको थियो।