टाेपबहादुरका छाेरा सन्दीप बुटवलबाट पक्राउ

Share:

काठमाडौं/नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता रहेकाे आराेप लागेका एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडाैँले बुधबार दिउँसाे पक्राउ पुर्जी जारी गरेकाे थियाे। उनलाई बुधबार साँझ नै प्रहरीले बुटवलबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

 

सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ । यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

Share: