करेन्ट लागेर शिक्षकको मृत्यु ,दुई घाइते

Share:

काठमान्डौ/दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् ।बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका–६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

 

 

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए । मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका–४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् ।उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको छ ।

 

Share: