बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु

काठमान्डौ/काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाएपछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ ।   विशेषगरी हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि यो जात्रामा भक्तजनको ठूलो सहभागितामा धुमधामसँग मनाउने गरिन्छ । नगरको मुख्य बजार बनेपामा चण्डेश्वरी जात्रा आउँदो आइतबारसम्म मनाइने भएको हो । विशेष पर्वझैंँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिगारिएको छ ।   बनेपालीका लागि यो जात्रा महान पर्व दसैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग … Continue reading बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु