प्रसिद्ध चण्डेश्वरी जात्राका लागि नगर प्रमुख र उप प्रमुखले गरे स्वयंमसेवकलाई टिसर्ट वितरण

Share:

काठमान्डौ/काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा अन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाए पछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ ।

 

जात्रा भव्य एवं शभ्य ढंगले संचालन गर्न अहोरात्र खट्नु हुने जात्रा सम्बन्धि रकमी गुठीका स्वयंसेवक र स्थानिय युवा संघ सस्थाका स्वयंसेवक हरुलाई बनेपा नगरपालिकाले छापेको टि-सर्ट वितरण गर्नुभएको छ। नगर प्रमुख शान्ति रत्न शाक्य र उप-प्रमुख बिमला सापकोटा दहालले वितरण गर्नु भएको हो ।

बनेपालीका लागि यो जात्रा महान पर्व दसैँ जस्तै लाग्ने जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सवले भरिएको देखिन्छ । जात्रा व्यवस्थापन समिति र स्थानीयवासीले जात्रामा रथोरोहणका लागि ठूला ठूला काठको खट आज तयार गरिसकेका छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । सरकारी पूजाआजको प्रतिनिधिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकोमा गर्व गर्दै आएका छन् ।

 

यो पनि पढ्नुहोस् :

 

बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु

Share: