
काठमान्डौ/जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो ।
नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।