खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कार्य मेरो प्राथमिकता हो : खेलकुदमन्त्री लिम्बू

113
0
Share:

काठमान्डौ/नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महसुस गरेका कमी कमजोरी समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खेलकुद मन्त्रालयको काममा दैनिक १८ घण्टा समय दिने बताएका हुन् ।

 

‘सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरुले देखाइरहनुभएको छ ।

 

म १८ घण्टाको समय दिएर काम गर्नेछु’ खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नु आफ्नो प्राथमिकता हुने मन्त्री लिम्बूले बताए । ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु’ उनले बताए ।बुधबार नियुक्त भएका खेलकुदमन्त्री लिम्बूले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथ लिएका थिए ।

 

Share: