विद्युतीय सवारीको प्रवर्द्धन गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

124
0
Share:

काठमान्डौ/भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 

नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताउँदै उनले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गरे ।

Share: