आज दिनभरको मौसम कस्तो छ ?

219
0
Share:

काठमान्डौ/आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ ।

 

शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

 

‘कोशी प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीसँग भने, ‘कोशी र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिन्छ।

 

उनका अनुसार अहिले प्रिमनसुनको अवधि भएकाले बदली र वर्षाको सम्भावना देखिएको हो। काठमाडौं उपत्यकामा पनि सामान्यतया बदली रहने र मध्याह्नपछि मौसममा सुधार आउने सम्भावना रहेको उनले बताए।

Share: