
काठमान्डौ/जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँका तत्कालीन लेखापालसमेत रहेका विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले शुक्रवार घूससहित काठमाडौँको बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेवापत् सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई बानेश्वरको एक होटेलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनको साथबाट ५० हजार नगद र एक लाख ५० हजारको चेक बरामद गरिएको छ ।