रामेछापमा मनाइयो २५६७औँ बुद्ध जयन्ती (फोटोफिचर)

Share:

काठमान्डौ/रामेछापको मन्थली नगरपालिका-१०,चनखुममा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले २५६७औँ बुद्ध जयन्ती मनाइएको छ । संस्थाले आज एक कार्यक्रम गरेर २५६७औँ बुद्ध जयन्ती मनाइएको हो ।

 

शान्तिका अग्रदूत सिद्धार्थ गौतम विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी २५६७औँ जयन्ती मनाइएको संस्थाका सचिव रमेश योन्ञ्जनले जानकारी दिए । संस्थाले बुद्ध जयन्तीको अवसरमा शान्तिपूर्ण र्याली समेत गरिएको सचिवले रमेशले बताएका छन् ।

बुद्ध जयन्ती हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ ।

 

Share: