अमेरिकी डिभीको नतिजा सार्वजनिक

Share:

काठमान्डौ/अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले सन् २०२४ को इडीभी नतिजा शनिबार सार्वजनिक गरिएको हो ।

 

www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

 

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

Share: