नयाँ स्टक लाइसेन्समा संस्थागत भ्रष्टाचार भएको छ : सांसद वाग्ले

156
0
Share:

काठमान्डौ/अर्थशास्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जमा हाकाहाकी संस्थागत भ्रष्टाचार भएको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राजधानीमा आयोजना गरेको नेपाल बिजेनस समिट २०२३ मा गरेको छोटो टिप्पणीमा नयाँ स्टक लाइसेन्स दिने विषयमा संस्थागत भ्रष्टाचार भएको बताएका हुन् ।

 

‘अब यो लाइसेन्स वितरणको कुरा आएको छ, यसमा हाकाहाकी भनिदिए हुन्छ, सिधै यो करप्सन नै हो, इन्स्टिच्युसनल करप्सन,’ उनले भने, ‘प्रतिस्पर्धा चाहिन्छ, उपभोक्तालाई लाभ दिनुपर्छ, लागत घटाउनुपर्छ तर त्यो सँगसँगै राज्यलाई पनि लुट्ने गरेर अगाडि बढ्नु हुँदैन ।’ यसअघि सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नाममा भ्रष्टाचार भएको र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई कारबाही गर्न माग गरेका थिए ।

 

बोर्डले नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने प्रक्रिया अगाडि बढाइसकेको छ । नयाँ स्टकका लागि परेका निवेदन अध्ययन गरी बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्न बोर्डले मूल्यांकन समिति गठन गरिसकेको छ ।

Share: