कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

124
0
Share:

काठमान्डौ/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार मंगलबारबाट सञ्चालन हुन लागेको परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् ।

 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको जानकारी दिए । त्यस्तै केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको अध्यक्ष शर्माले बताएका छन् ।

Share: