तान्जानियामा भ्रष्टाचार विरुद्धको लडाइँ सुदृढ बन्दै

405
0
Share:

काठमान्डौ/तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ।

 

भ्रष्टाचार रोकथाम तथा नियन्त्रण ब्युरो (पीसीसीबी) का महानिर्देशक सालुम रशिद हाम्दुनीले राष्ट्रपति सामिया सुलुहु हसनले ३२२ जना अधिकारी भर्नाको अधिकार दिएको बताएका छन्।

 

मन्यारा क्षेत्रको कितेटो जिल्लामा पीसीसीबी कार्यालयको उद्घाटन गरेलगत्तै बोल्दै हाम्दुनीले भ्रष्टाचारविरुद्धको लडाइँमा सबै जनताको सहभागिताका निम्ति आह्वान समेत गरेका छन्। भ्रष्टाचारले देशकको अर्थतन्त्र धराशायी बनाएको भन्दै हाम्दुनीले भ्रष्टाचारविरुद्धको लडाइँलाई बलियो बनाउँने बताएका छन् ।

Share: