
काठमान्डौ/देशभर पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ९६४ जनाको नमुना परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो । पीसीआर परीक्षणबाट ८ जना र एन्टिजेन परीक्षणबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो समयवधिमा थप १२ जना कोरोनामुक्त भएका छन् । योसँगै देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ ।
सक्रिय सङ्क्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा महामारी सुरु भएयता १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।