सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला ३०० रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

आइतबार भने सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Share: