
काठमान्डौ/परराष्ट्र मन्त्रालयमा नायव सुब्बा पदमा कार्यरत ३१ वर्षीय अनुप भण्डारी पोखराको वेगनाशतालमा सोमबार मृत भेटिएका छन् । विराटनगरका भण्डारी आइतबार राति हवाईमार्ग हुँदै काठमाडौंबाट पोखरा आएका थिए ।
राति १० बजे कार्यालयमा काम परेको भन्दै डेराबाट निस्किएका उनी मध्यरातमा पोखरा घुम्न आइपुगेको सन्देश परिवारलाई पठाएका थिए ।उनको शव बिहान ८:३० बजे पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको नेतृत्वमा खटिएको टोलीले तालबाट शव निकालेको थियो । घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए ।