भारतमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

215
0
Share:

काठमान्डौ/भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।

 

“पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्”, प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Share: