इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

132
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा कास्कीको पोखरा महानगरपालिका २८ नम्बर वडा कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रविनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

 

सब-इन्जिनियर प्रविनले बाटो निर्माणका क्रममा सेवाग्राहीसँग पन्ध्र हजार घुस लिएको अख्तियारको ठहर छ ।

Share: