
काठमान्डौ/दार्चुलाको शैल्यशिखर नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका-३ का १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।
खेतमा काम गरिरहेको समयमा हिजो (सोमबार) साँझ परेको चट्याङ लागेर नरेशको ज्यान जाँदा उनकी आमा ३९ वर्षीया मीना खत्री घाइते भएकी छन् । चट्याङ लागेर अर्का एक व्यक्ति पनि घाइते भएको बताइएको छ ।
उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताइएको छ ।