
काठमान्डौ/काभ्रेको धुलिखेल ११ को पन्चकन्या मन्दिरमा बृहत सप्ताह आयोजना हुन् लागेको हो । पात्लेखेतको प्रचार प्रसार र मन्दिरको दिगो सम्रक्षणाको मूल उदेस्यको साथ सप्ताह आयोजना गर्न लागिएको आयोजक पन्चकन्या मन्दिर पुननिर्माण तथा पुजा व्यवस्थापन समितिले जनकारी दिएको छ । पातलेखेतको दलाचौरमुनि स्टोन पार्क नजिकै रहेको पञ्चकन्या देवीको मन्दिर परिसरमा वैशाख २९ गतेदेखि जेठ ४ गते सम्म सप्ताह आयोजना गरिने आयोजकले जनाएको छ। सप्ताहाको मिति नजिकिदै जादा प्रचार प्रसार र अन्य आवस्यक कार्यको तयारीमा आयोजक तिब्रगतिमा कार्य गर्दै अघि बढिरहेको पुजा व्यवस्थापन समितिका सचिव विष्णु तिवारीले जानकारी दिए।
केहि दिन अगी बनेपामा पत्रकार सम्मेलन गर्दै मन्दिर पुननिर्माण तथा पुजा ब्यवास्थ्गापन समितिको व्यवस्थापक कमल परियारले आफ्नै करिब एक रोपनी जमिनमा पञ्चकन्या देवीको मन्दिर स्थापना गरी पूजा सुरु गरे सँगै आफु र परिवारमा रहेका अनेकौ समस्या हट्दै गएको बताए । सोहि समय देखि कमल परियारहरुले पञ्चकन्या देवीलाई कुलका रुपमा पूजा गर्न थाले पनि उनी बाहेकका उनका आफन्तहरुले भने धर्म परिवर्तन गरेर पूजा गर्न छाडेका उनि बताउछन । तर कमलले नियमित पूजा गरेर मन्दिर स्थापना गरेका छन् र अहिले आफ्नै पहलमा बृहत सप्ताहाको आयोजानाकालाई प्रेरित गर्दै अग्रशर्ता लिदै आएका छन् । मन्दिर निर्माणका लागि कमलले व्यक्तिगत रकम खर्च गरेका छन् भने अन्य पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले केहि रकम सहयोग गरेको र अन्य दाताबाटनि केहि रकम संगकलन गरि मन्दिर निर्माण गरिएको कमलले बताए।
मन्दिरको प्रचार प्रसार तथा स्थानीय क्षेत्रको प्रवर्द्धनका लागि उनै कमलको संयोजकत्वमा स्थानीयहरु को सहयोगमा १ सय ८ सदस्यीय मूल समारोह समिति निर्माण गरी सप्ताह आयोजना गर्न लागिएको हो । चर्चित कथा बाचक शिरोमणि पण्डित दिनबन्धु पोखरेलले उक्त स्थानमा आयोजित सप्ताहमा कथा वाचन गर्ने आयोजकले बताएका छन् ।सप्ताहका लागि विभिन्न १३ वटा उप समिति गठन भएको र पुजा व्यवस्थापन समितिमा संयोजक कमल परियार, सचिव विष्णु तिवारी, कोषाध्यक्ष सरोज तिवारीले जिम्मेवारी बहन गर्दै प्रचार प्रसार र अन्य कार्य निरन्तर भैरहेको जानकारी आयोजक परिवारले दिएको छ।करिब २५ लाख रुपैयाँ अनुमानित खर्च हुन सक्ने प्रारम्भिक खर्चको तयारीका साथ प्रचार प्रसारलाई तिब्रता दिएको सचिव बिष्णु तिवारीले बताए। खर्च र अन्य आम्दानीका लागि स्थानीयहरुले योजना तयार गरी प्रचार प्रसार सुरु गरेको प्रचार प्रसार उप समितिका संयोजक एवं पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिएका छन् । प्रचार प्रसारको अभाबमा धुलिखेल ११ मा रहेका अन्य धार्मिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रको समेत विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
सप्ताहका लागि लाग्ने खर्च संकलनमा अपुग हुँदा स्वयम संयोजक कमल परियारले बेहोर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । ‘पञ्चकन्या देवी मन्दिरले सोचेको र चाहेको पुरा गरि रहनु भएकोले ‘माता देवीले चाहँदा यो सप्ताह पनि सफल हुन्छ । धन भएर भन्दा पनि मन भएर सप्ताहको आयोजना गरिएको कमल को दाबि छ । पण्डित दिनबन्धु पोखरेलले धार्मिक सहिष्णुता कायम राख्दै समाजमा मान्छे मात्रै रहेकाले मान्छे भित्र महिला र पुरुष बाहेक अन्य कुनै जात नभएकाले सप्ताहले सामाजिक जागरण ल्याउँदै पातलेखेतको प्रचार प्रसारका लागि टेवा पुग्ने विस्वास ब्यक्त गरेका थिए। पण्डितले केहि समय अगी सप्ताह आयोजना स्थलको निरिक्षण पछी सथानीय संगको परिचयात्मक कार्यक्रममा यस्तो अभिब्यक्ती ब्यक्त गरेका थिए।