नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ ? : ठाकुर गैरे

131
0
Share:

काठमान्डौ/नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागेका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

 

उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’

 

Share: