काठमान्डौ/ प्रतिनिधि सभाको मङ्गलवारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घण्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल जारी छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed