
काठमान्डौ/हेलिकप्टर मार्फत काभ्रेको कर्णाली भनेर समेत चिनिने महाभारत गाउपालिका पुगेर प्रचण्डले सडक शिलान्यास गरेका छन्। काभ्रे जिल्लाको विकट पालिका महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री पुष्पकमल दाहालले आज हेलिकप्टर मार्फत पुगेर शिलान्यास गरेका छन् । बागमती प्रदेश सरकारलको रकममा निर्माण हुने गरि सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएको हो । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुने सो १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको हो ।
२०८० वैशाख १९ गते सम्झौता भएको उक्त सडकको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले आज महाभारत चारकिल्ला पुगरे गरेका हुन्।२०८२ कार्तिक १९ गतेसम्म ३० महिना भित्र निर्माण कार्य सक्ने गरी बागमती प्रदेश सरकारले सन्तोषी धर्म जेभी सँग सम्झौता गरेको छ ।सडकको लम्बाई ९३ किलोमिटर हुने छ । माओवादीको जनयुद्ध सुरु भएको यति लामो समय पछि माओवादी नेतृत्वको सरकारले उक्त सडकलाई जनमुक्ति नामाकारण गरी बजेट विनियोजन गरेको छ ।
महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक कालोपत्रेको योजना ३ वर्षमा पनि पुरा नभएको गुनासो गरेका थिए । तीनखुट्टेमा निर्माणाधीन पक्की पुलको पनि उल्लेख्य काम भएको छैन । ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोलाई उचित सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बाचा समेत ब्यक्त गरेका थिए ।