
काठमान्डौ/१२ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । गृह मन्त्रालयले आज (मंगलवार) १२ जना एसएसपीको सरुवा गरेको हो ।
सरुवाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा कार्यरत राजन अधिकारी कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सरुवा भएका छन् ।