५१ जनामा कोरोना संक्रमण, २७ जना निको

149
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा मुलुकभर ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षणमा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषणमा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

हाल नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १४७ रहेको छ । संस्थागत आईशोलेशनमा १३ जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । सो समयाधिमा कोरोना संक्रमणबाट २६ जना निको भएर घर फर्किएका छन् ।

Share: