क्रिप्टोलाई वैधानिकता दिन सांसद चौधरीको माग

Share:

काठमान्डौ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग राखेका छन् ।मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बेल्दै उनले व्यापारघाटा कम गर्न र ठूला लगानीकर्ता आकर्षित गर्न क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग गरेका हुन् ।

 

आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद चौधरीले विशेष कार्यक्रम नै घोषणा गरेर क्रिप्टोको प्रतिबन्ध खोल्न सकिने बताएका हुन् ।

 

‘नेपाललाई २१औँ शताब्दीको क्रिप्टो माइण्डको हब बनाउन सकिन्छ । यसका लागि गुणस्तरीय विद्युतको आवश्यकता पर्दछ । हुनत अहिले नेपालमा क्रिप्टो कारोबार प्रतिबन्ध छ । कसैले क्रिप्टो माइण्डिङ गरेर निर्यात गर्छ भने त्यसमा प्रतिबन्ध गर्न जरुरी छैन,’ उनले भने, ‘हामीले यसका लागि विशेष कार्यक्रम नै घोषणा गर्न सक्छौँ र ठूला लगानीकर्तालाई ल्याउन सक्छौँ । यो पनि हाम्रो व्यापारघाटा घटाउने कोसेढुंगा साबित हुन सक्छ ।’

Share: