रविको स्ट्याटसको चर्चैचर्चा, पहिलोमा चेतावनी दोस्रोमा खाँण पक्राउ परेकोमा सरकारलाई धन्यवाद !

Share:

काठमान्डौ/रवि लामिछानेको लगातार दुई वटा स्ट्याटसले राजनितिक माहोल तातिएको छ । खाँण पक्राउअघि सरकारलाई नै चेतावनी दिएका लामिछानेले खाँण पक्राउपछि भने धन्यवाद व्यक्त गरेपछि राजनितिक माहोल थप तातिएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शर्णार्थी प्रकरणमा मुछिएका आरोपीहरुलाई कुनै हालतमा छोड्न नहुने बताएका छन् । उनले आज बिहान दुई वटा सामाजिक सञ्जालमा स्ट्याट्याटस लेख्दै आरोपीहरु कसैलाई पनि छोड्न नहुने र यो सिलसिला कुनै हालतमा नरोकियोस् भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

 

आज बिहान मात्रै पुर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएसँगै र्गहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यो सिलसिला कुनै हालतमा नरोकियोस् भनेका छन् । उनले त्यसअघि शिर्ष नेताको तीव्र भेटघाट, फरार गराइएका अझै सम्पर्कविहिन, नाम आएकाहरु, माथिको अनुसन्धान फितलो खबरदार, अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको जगजाहेर तान्डवूलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!

 

अर्काे स्ट्याटसमा भने खाँण पक्राउ परेपछि धन्यवाद यसरी व्यक्त गरेका थिए । धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।

Share: